१४ बैशाख २०८१, शुक्रबार

अमेरिकामा कोरोनावाट मृत्यु हुनेको संख्या २२०० नाघ्यो


अमेरिकामा कोरोनावाट मृत्यु

एजेन्सी, चैत १६ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणवाट २२२९ जनाको मृत्यु भईसकेको छ । वोल्ड़ोमिटर्स डट इन्फोका अनुसार अमेरिकामा हालसम्म (आज दिउसो १२.३० सम्म) १ लाख २३ हजार ७ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ । संक्रमितहरुमध्ये ३२३१ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये २६६६ जनाको अवस्था भने गम्भीर रहेको छ ।

यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ९० पुगेको छ । विश्वभर ६ लाख ६४ हजार ५ सय ९० जनालाई कोरोना संक्रमण भइसकेको छ । त्यस्तै, १ लाख ४२ हजार ३ सय ६८ जना उपचारपछि निको भइसकेका छन् । (एजेन्सीको सहयोगमा )

यो पनि पढ्नुहोस्

इटालीमा कोरोनावाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

कोरोनावाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक, हिजो एकैदिन ३५०० भन्दा बढीको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !