१२ बैशाख २०८१, बुधबार

इटालीमा कोरोनावाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


कोरोना भाइरस इटलीमा मृत्यु

एजेन्सी, चैत १६ । इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणवाट अहिलेसम्म सबैभन्दा धेरै १००२३ जनाको मृत्यु भईसकेको छ । इटालीमा हालसम्म ९२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था भने गम्भीर रहेको छ ।

इटालीमा सबैभन्दा धेरै हिजो एकैदिन ८८९ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसको संक्रमणको बनेकी १०० वर्ष नाघेकी १ जना बयोबृद्ध महिला पनि सफलतापूर्वक निको भएर घर फर्किसकेकी छिन् । हालसम्म (आज दिउसो १२.३० सम्म) इटालीमा मृत्यु हुनेको संख्या १००२३ पुगेको छ भने स्पेनमा ५९८२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा २२२९ पुगेको छ अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ७ सय ७६ पुगेको छ ।

यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ९० पुगेको छ । विश्वभर ६ लाख ६४ हजार ५ सय ९० जनालाई कोरोना संक्रमण भइसकेको छ । त्यस्तै, १ लाख ४२ हजार ३ सय ६८ जना उपचारपछि निको भइसकेका छन् । (एजेन्सीको सहयोगमा )

यो पनि पढ्नुहोस्

कोरोनावाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक, हिजो एकैदिन ३५०० भन्दा बढीको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !