१३ बैशाख २०८१, बिहिबार

कोरोनावाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक, हिजो एकैदिन ३५०० भन्दा बढीको मृत्यु


कोरोना भाइरस

एजेन्सी, चैत १६ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन हिजो ३५०० भन्दा बढीको मृत्यु भएको छ । वोल्ड़ोमिटर डट इन्फोका अनुसार विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५१६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै इटालीमा एकैदिन ८८९ जनाको मृत्यु भएको छ । स्पेनमा एकै दिन ८४४ जना मृतक थपिएका छन् । हालसम्म (आज दिउसो १२.३० सम्म) इटालीमा मृत्यु हुनेको संख्या १००२३ पुगेको छ भने स्पेनमा ५९८२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा २२२९ पुगेको छ अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ७ सय ७६ पुगेको छ ।

यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ९० पुगेको छ । विश्वभर ६ लाख ६४ हजार ५ सय ९० जनालाई कोरोना संक्रमण भइसकेको छ । त्यस्तै, १ लाख ४२ हजार ३ सय ६८ जना उपचारपछि निको भइसकेका छन् । (एजेन्सीको सहयोगमा ) 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !