६ पुस २०८१, शनिबार

नवलपरासीमा स्थापना गरिएको क्वारेन्टाइनको स्थानीयद्वारा बिरोध


नवलपरासीमा क्वारेन्टाइन स्थापना

चैत ९, कावासोती । श्रीकुमारी गुठी संस्थानद्वारा संचालित कुमारी अस्पताल नवलपरासी कावासोतीमा नोबेल कोरोना भाइरसको क्वारेन्टाइन सेन्टर स्थापनामा नागरिकको तर्फबाट बिरोध भएको समाचार प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय, कावासोती नगरपालिका, मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुर उद्योग बाणिज्य संघ तथा कुमारी अस्पताल कावासोतीको संयुक्त पहलमा २० बेडको क्वारेन्टाइन कक्षको स्थापना भएको हो ।

जिल्ला प्रशासन कार्यालय, कावासोती नगरपालिका, प्रहरी कार्यालयबाट समेत स्वीकृत भई स्थापनातर्फ लाग्न खोज्ने क्रममा बिरोध भएको जानकारी प्राप्त भएको थियो । बिरोध हुनुको प्रमुख कारण चारैतिरबाट कोरोना भाइरसका विरामी आउदा सर्न सक्छ भनेर स्थानीयले विरोध जनाएका रहेछन् ।

रोग सर्ने भन्दा पनि रोग लागे कहाँ उपचार गर्न जानेतर्फ कसैको ध्यान नपुगेको देखिन्छ । यस्ता विषयमा नागरिकलाई पहिले सुसूचित गरेर यसका फाइदा वेफाइदा बारेमा जानकारी दिएर मात्र यस्तो कदम सार्नुपर्नेमा नसारेको देखिन्छ ।

हामीले कुमारी गुठी संस्थाका अध्यक्ष श्री नरबहादुर ठाडाज्यूसंग सम्पर्क गरेर यथार्थ कुरा बुझ्दा जिल्ला प्रशासन कार्यालय, कावासोती नगरपालिका, प्रहरी कार्यालय सवैको सहमतिवाट स्वीकृत भई सकेको निर्णयले जनतालाई प्रत्यक्ष फाइदा हुने बताउनु भयो । कोरोना भाइरसको संक्रमण हुनबाट बच्न नवलपरासीको कुमारी अस्पताल कावासोतीमा स्थापना गरिएको क्वारेन्टाइनको स्थानीयद्वारा बिरोध गर्नु गलत कुरा हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !