२४ बैशाख २०८१, सोमबार

थप ८१ जनामा देखियो कोरोना, देशभर ३७० सक्रिय संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३७० जनामा पिसिआर परिक्षण गर्दा ४१ जना र ९३६ जनामा एन्टीजेन परिक्षण गर्दा ४० जना गरी जम्मा १३०६ नमुनाको परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३७० जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने संस्थागत आइसोलेशनमा २२ जना, आईसीयुमा ३ जना र भेन्टिलेटरमा १ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !