२४ बैशाख २०८१, सोमबार

थप १०८ जनामा देखियो कोरोना, देशभर ३८६ सक्रिय संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७७८ जनामा पिसिआर परिक्षण गर्दा ५५ जना र १६७२ जनामा एन्टीजेन परिक्षण गर्दा ५३ जना गरी जम्मा २४५० नमुनाको परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६६ जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३८६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयुमा ७ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !