२४ बैशाख २०८१, सोमबार

कोरोनाबाट एक जनाको मृत्यु, १०४ जना संक्रमित थपिए


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ५७१ जनामा पिसिआर परिक्षण गर्दा ६३ जना र १०६१ जनामा एन्टीजेन परिक्षण गर्दा ४१ जना गरी जम्मा १६३२ नमुनाको परीक्षण गर्दा १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३७९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा ३४ जना, आईसीयुमा ७ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !