२२ बैशाख २०८१, शनिबार

थप १२१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२० जनामा पिसिआर परिक्षण गर्दा ५८ जना र १७५७ जनामा एन्टीजेन परिक्षण गर्दा ६३ जना गरी जम्मा २३७७ नमुनाको परीक्षण गर्दा १२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८१ जनाले कोरोना जितेर निको भएका छन् ।

हाल देशभर ४४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ३९ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा २५ जना, आईसीयुमा ११ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् ।

हालसम्म नेपालमा ६० लाख २५ हजार ३४७ पिसिआर परीक्षण भएको छ भने १५ लाख ५३ हजार २७३ एन्टीजेन परीक्षण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !