१४ बैशाख २०८१, शुक्रबार

एकैदिन १०९० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९५८ जनामा पिसिआर परिक्षण गर्दा ५६० जना र ३३४२ जनामा एन्टीजेन परिक्षण गर्दा ५३० जना गरी जम्मा ६३००* नमुनाको परीक्षण गर्दा १०९०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७३ हजार ४०५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९७४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५८०६ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५५९३ जना होम आइसोलेसनमा रहेका छन् भने २१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६१ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ४१ हजार ४५१ पिसिआर परीक्षण भएको छ भने १३ लाख ५ हजार ५६ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु