२० बैशाख २०८१, बिहिबार

प्रदेश १ का मुख्यमन्त्री राईसहित ३ जनालाई कोरोना संक्रमण पुष्टि


राजेन्द्र राई

बिराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री राईसहित उनकी श्रीमती र राजनीतिक सल्लाहकारलाई समेत कोरोना संक्रमण देखिएको हो ।

मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको हो । मुख्यमन्त्री र उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरू लगायत १६ जनाको साउन १६ गते पीसीआर परीक्षण गरिएको थियो ।

हाम मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले बताएको छ । कोरोना संक्रमणमुक्त नभएसम्म मुख्यमन्त्री राईले भेटघाट लगायत सबै कार्यक्रम स्थगित गरेको पनि उनको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !