१४ बैशाख २०८१, शुक्रबार

मोरङ कारागारका कोरोना संक्रमित कैदी बन्दीको संख्या ५४ पुग्यो


जिल्ला कारागार मोरङ

विराटनगर । मोरङ कारागारका कोरोना भाइरस संक्रमित कैदी बन्दीको संख्या ५४ जना पुगेको छ । हिजो शनिबार साँझ कोरोना परीक्षण गरिएकामध्ये थप ३५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

यसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो । शुक्रबार १९ जना र हिजो ३५ जनासंगै मोरङ कारागारका कोरोना संक्रमित कैदी बन्दीको संख्या ५४ पुगेको हो ।

पछिल्लो पटक ४८ जनाको परीक्षण गरिएकोमा ३५ जनामा कोरोना पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि १३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनका अनुसार पछिल्लो रिपोर्टले कारागारभित्र तीव्र रूपमा संक्रमण फैलिएको पुष्टि हुन्छ । संक्रमण फैलिएपछि उच्च सावधानी अपनाइएको जानकारी उनले दिएका छन् । संक्रमण पुष्टि भएका कैदी बन्दीलाई थप उपचारका लागि कोसी कोभिड अस्पताल भर्ना गर्ने तयारी थालिएको छ ।

महिला र पुरुष गरेर ३०० जनाको क्षमता रहेको मोरङ कारागारमा तीन गुणाभन्दा बढी कैदी बन्दी राखिएको छ । कोचाकोच गरेर कैदी बन्दी राखिएको कारागारमा कोरोना फैलिएपछि त्यहाँको अवस्था समस्याग्रस्त बनेको छ ।

बसाई नै असहज भइरहेका बेला कोरोना फैलिएपछि कैदी बन्दीको व्यवस्थापन र उपचारमा समस्या हुन थालेको छ । कारागारमा हाल १०१२ जना कैदी बन्दी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !