१४ बैशाख २०८१, शुक्रबार

आज एक्कासी बढ्यो कोरोना संक्रमण, ६२ जना कोरोना पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १००८ जनामा पिसिआर परिक्षण गर्दा ५१ जना र ६१२ जनामा एन्टीजेन परिक्षण गर्दा ११ जना गरी जम्मा १६२० नमुनाको परीक्षण गर्दा ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हिजो ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । हाल देशभर २६१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो १४ घन्टामा थप १ लाख ८४ हजार ५४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु