१० जेष्ठ २०८१, बिहिबार

२४ घण्टामा थप ८३ जनामा कोरोना पुष्टि, १३० जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४७३४ जनामा पिसिआर परिक्षण गर्दा ५७ जना र ३१५० जनामा एन्टीजेन परिक्षण गर्दा २६ जना गरी जम्मा ७८८४* नमुनाको परीक्षण गर्दा ८३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६१ हजार ३४८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १३ जना र ललितपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ९२ हजार १९ पिसिआर परीक्षण भएको छ भने १० लाख ९६ हजार ५६२ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ७४६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८६ लाख ४१ हजार ९१२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८५ लाख ४७ हजार ३४५ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १७ लाख ४८ हजार ४३८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ८९ लाख ३७ हजार ६९५ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !