१० जेष्ठ २०८१, बिहिबार

२४ घण्टामा थप ५८ जनामा कोरोना पुष्टि, मृत्यु शून्य


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३५३९ जनामा पिसिआर परिक्षण गर्दा ५० जना र १८७९ जनामा एन्टीजेन परिक्षण गर्दा ८ जना गरी जम्मा ५४१८* नमुनाको परीक्षण गर्दा ५८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६१ हजार २१८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २५ जना र ललितपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ८७ हजार २८५ पिसिआर परीक्षण भएको छ भने १० लाख ९६ हजार ५६२ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ४ हजार ८१९ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ४ हजार ७५१ जना होम आइसोलेसनमा रहेका छन् भने ६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आजसम्म १ करोड ८६ लाख २४ हजार १४६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८५ लाख २ हजार ११९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १७ लाख ५८० जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ८८ लाख २६ हजार ८४५ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !