१० जेष्ठ २०८१, बिहिबार

कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ फ्रान्स र अमेरिकामा देखियो


डेल्टाक्रोन

एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ । अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखिएको हो ।

ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसको एक प्रयोगशालामा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले बताएको छ ।

फ्रान्सका कतिपय स्थानमा डेल्टाक्रोन भाइरसबाट संक्रमितहरुको संख्या बढदै गएको समाचारमा उल्लेख गरिएको छ । डब्लूएचओले नेदरल्याण्ड र डेनमार्कमा समेत नयाँ भेरियन्ट डेल्टाक्रोन फेला परेको पुष्टि गरेको छ ।

गत महिना बेलायतका एक व्यक्तिमा डेल्टा र ओमिक्रोन दुबै भेरियन्टको लक्षण देखा परेको थियो । अहिलेसम्म २ जना अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा सोसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपका कतिपय मूलुकमा डेल्टाक्रोन फैलन थालेको पुष्टि गरेको छ । डब्ल्यूएचओले नयाँ भेरियन्टलाई नियन्त्रण गर्न कोरोना परीक्षण तीब्र पार्नुपर्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !