२२ बैशाख २०८१, शनिबार

देशभर थप १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ भने थप २ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५ हजार १५२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९ लाख ७६ हजार ७७१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार ३०९ रहेको छ । पछिल्लो समय थप ५४० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख २९ हजार ११९ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ८३९ रहेको छ । अहिले होम आइसोलेसनमा आठ हजार ५७८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २६१, आइसीयूमा ९२ र भेन्टिलेटरमा १४ जनाले उपचार गराइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु