४ जेष्ठ २०८१, शुक्रबार

देशभर थप ७४७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२७९ जनामा पिसिआर परिक्षण गर्दा ४८२ जना र १४१७ जनामा एन्टीजेन परिक्षण गर्दा २६५ जना गरी जम्मा ८६९६* नमुनाको परीक्षण गर्दा ७४७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३१९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ४० हजार ९०२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९०० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १८१ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५३ लाख ४६ हजार ४६५ पिसिआर परीक्षण भएको छ भने १० लाख १९ हजार ६६५ एन्टीजेन परीक्षण गरिएको छ भने ११३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८२ लाख ६१ हजार १६५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ६५ लाख २५ हजार १५५ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ७ लाख ४५ हजार ५१३ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ५५ लाख ३१ हजार ८३३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !