२० बैशाख २०८१, बिहिबार

थप ८३६ जनामा कोरोना संक्रमण, १८३६ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२६० जनामा पिसिआर परिक्षण गर्दा ४९१ जना र ३३९४ जनामा एन्टीजेन परिक्षण गर्दा ३४५ जना गरी जम्मा ६६५४ नमुनाको परीक्षण गर्दा ८३६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ३४ हजार ६४८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११८८२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६६ जना, ललितपुर जिल्लामा ३१ जना र भक्तपुर जिल्लामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५३ लाख ३४ हजार १४९ पिसिआर परीक्षण भएको छ भने १० लाख १३ हजार १७० एन्टीजेन परीक्षण गरिएको छ भने ११८ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८२ लाख २० हजार ८१९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ६३ लाख २४ हजार ९७९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ७ लाख १३ हजार ९०५ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ५२ लाख ५९ हजार ७०३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !