२० बैशाख २०८१, बिहिबार

थप १३६९ जनामा कोरोना संक्रमण, एकैदिन १२ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८८८० जनामा पिसिआर परिक्षण गर्दा १०१३ जना र ३००० जनामा एन्टीजेन परिक्षण गर्दा ३५६ जना गरी जम्मा ११८८० नमुनाको परीक्षण गर्दा १३६९* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ३० हजार ६०७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११८६४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २३५ जना, ललितपुर जिल्लामा ६४ जना र भक्तपुर जिल्लामा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५३ लाख १२ हजार ४४२ पिसिआर परीक्षण भएको छ भने १० लाख ७ हजार २३४ एन्टीजेन परीक्षण गरिएको छ भने १३३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८० लाख ८१ हजार ८२७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ६० लाख ७१ हजार २२६ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ६ लाख ७२ हजार ५४८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !