२३ बैशाख २०८१, आइतबार

थप २४०१ जनामा कोरोना संक्रमण, एकैदिन १४ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११६०३ जनामा पिसिआर परिक्षण गर्दा १८५१ जना र ४७५३ जनामा एन्टीजेन परिक्षण गर्दा ५५० जना गरी जम्मा १६३५६ नमुनाको परीक्षण गर्दा २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७७७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११८५२ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ८९० जना, ललितपुर जिल्लामा १०२ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !