२३ बैशाख २०८१, आइतबार

थप १३८६ जनामा कोरोना संक्रमण, एकैदिन ११ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४४३ जनामा पिसिआर परिक्षण गर्दा ११८३ जना र २८०८ जनामा एन्टीजेन परिक्षण गर्दा २०३ जना गरी १३८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७०४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ९ हजार ३४३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११८१४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४१० जना, ललितपुर जिल्लामा १२४ जना र भक्तपुर जिल्लामा ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५२ लाख ७५ हजार ४९८ पिसिआर परीक्षण भएको छ भने ९ लाख ९१ हजार ८८५ एन्टीजेन परीक्षण गरिएको छ भने १३७ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ७७ लाख ७४ हजार ५९४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ५५ लाख २४ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ६ लाख ६ हजार ९११ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ३९ लाख ६ हजार २८९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !