२४ बैशाख २०८१, सोमबार

देशभर थप २५२६ जनामा कोरोना संक्रमण, एकैदिन १६ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६६५५ जनामा पिसिआर परिक्षण गर्दा १६०२ जना र ४४१८ जनामा एन्टीजेन परिक्षण गर्दा ९२४ जना गरी २५२६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४२५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ९५ हजार ८६८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९२.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११७९४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५७० जना, ललितपुर जिल्लामा १२० जना र भक्तपुर जिल्लामा ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५२ लाख ६३ हजार ८३० पिसिआर परीक्षण भएको छ भने ९ लाख ८५ हजार ७८९ एन्टीजेन परीक्षण गरिएको छ भने १३३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५६ हजार ४५६ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ७४ लाख ९५ हजार ४९४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ५१ लाख ८३ हजार ४४६ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ५ लाख ५८ हजार ९५० जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ३२ लाख ३७ हजार ८९० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !