२४ बैशाख २०८१, सोमबार

देशभर ३१७५ जनामा कोरोना संक्रमण, एकैदिन १४ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १००२६ जनामा पिसिआर परिक्षण गर्दा २७४२ जना र २६७९ जनामा एन्टीजेन परिक्षण गर्दा ४३३ जना गरी ३१७५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ८७ हजार ४४३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९२.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११७७८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १२४९ जना, ललितपुर जिल्लामा १८३ जना र भक्तपुर जिल्लामा ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५२ लाख ५७ हजार १७५ पिसिआर परीक्षण भएको छ भने ९ लाख ८१ हजार ३७१ एन्टीजेन परीक्षण गरिएको छ भने १३८ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ७३ लाख २ हजार ७८७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४९ लाख २७ हजार ८९८ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ४ लाख ९४ हजार १५४ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड २७ लाख २४ हजार ८३९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !