२४ बैशाख २०८१, सोमबार

देशको सातै प्रदेशमा फैलियो ओमिक्रोन भेरियन्ट, थप २१ जनामा पुष्टि


ओमिक्रोन

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा थप २१ जनामा ओमिक्रोन पुष्टि भएको छ भने बाँकी ३ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले देशका सातवटै प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको जानकारी दिएकी हुन् ।

२४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा पुष्टि भएका ८० प्रतिशत नमुनामा ओमिक्रोन र बाँकीमा डेल्टा भेरिएन्ट पुष्टि भएको बताएकी छन् । हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ६४९९ जनामा पिसिआर परिक्षण गर्दा २२०५ जना र ५०८३ जनामा एन्टीजेन परिक्षण गर्दा १४३२ जना गरी ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५५५ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११७६४ जनाको मृत्यु भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !