२४ बैशाख २०८१, सोमबार

देशभर ३६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४९९ जनामा पिसिआर परिक्षण गर्दा २२०५ जना र ५०८३ जनामा एन्टीजेन परिक्षण गर्दा १४३२ जना गरी ३६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५५५ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११७६४ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ८६८ जना, ललितपुर जिल्लामा १७० जना र भक्तपुर जिल्लामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ७१ लाख ४४ हजार ८६७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४८ लाख २८ हजार ९५३ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ४ लाख ८४ हजार ४७९ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड २४ लाख ५८ हजार २९९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !