२४ बैशाख २०८१, सोमबार

देशभर कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु


कोरोना मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा कोरोना संक्रमणवाट थप ३२ जनाको मृत्‍यु भएको जानकारी दिएकी हुन् ।

वीरेन्द्र अस्पतालले ढिलो गरी १२ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ भने बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमितको मृत्यु भएसंगै ३२ जनाको मृत्यु भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ९९१० जनामा पिसिआर परिक्षण गर्दा ३०४९ जना र ३२३५ जनामा एन्टीजेन परिक्षण गर्दा ४९१ जना गरी ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३५९ जनाले कोरोना जितेका छन् । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४० लाख १५ हजार ३२४ जनाले पूर्ण मात्रा खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !