२४ बैशाख २०८१, सोमबार

देशभर एकैदिन १२३३८ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१००७ जनामा पिसिआर परिक्षण गर्दा १००५२ जना र ६४९० जनामा एन्टीजेन परिक्षण गर्दा २२८६ जना गरी १२३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १८ हजार ८०९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९२.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६३२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५००१ जना, ललितपुर जिल्लामा ११३० जना र भक्तपुर जिल्लामा ८५० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५० लाख ७५ हजार २०५ पिसिआर परीक्षण भएको छ भने ९ लाख ७ हजार ८२३ एन्टीजेन परीक्षण गरिएको छ भने १२५ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६१ लाख १० हजार ५२३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड २५ लाख ७९ हजार २४२ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ४३ हजार ३१८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा २ करोड ८७ लाख ३३ हजार ८३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !