२३ बैशाख २०८१, आइतबार

कोरोना खोप कार्ड नभए अव हवाई यात्रा गर्न नपाइने


बुद्ध एयरको जहाज

काठमाडौँ । हवाई यात्रुले अबदेखि कोभिड-१९ विरुद्धको खोप लगाएको खोप कार्ड देखाउनुपर्ने भएकाे छ । वायुसेवा सञ्‍चालक संघको बुधबारको बैठकले हवाई यात्रुको सुरक्षासम्बन्धी मापदण्ड जारी गरेको छ ।

हवाईजहाजभित्र स्यानिटाइजको व्यवस्था गर्नुपर्नेछ । प्रत्येक उडानपछि जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्नेछ । त्यसैगरी चेक इन, बोडिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ ।

तर आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रामा अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने र त्यो पनि सम्बन्धी एयरलाइन्सकै खर्चमा हुनुपर्ने निर्देशन दिएको थियो ।

तर, छोटो दुरीको हवाई यात्रामा यो व्यवस्था अव्यवहारिक हुने भन्दै निजी वायु सेवा संचालकहरूले विरोध गरेका थिए । बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा संचालकहरूलाई गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !