१४ बैशाख २०८१, शुक्रबार

देशभर एकैदिन ५०८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३४७४ जनामा पिसिआर परिक्षण गर्दा ४२०४ जना र ७०८६ जनामा एन्टीजेन परिक्षण गर्दा ८८३ जना गरी ५०८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १५ हजार ६५३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६१३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १९१३ जना, ललितपुर जिल्लामा ३७७ जना र भक्तपुर जिल्लामा ३१७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४९ लाख ८१ हजार २६० पिसिआर परीक्षण भएको छ भने ८ लाख ८० हजार ८८२ एन्टीजेन परीक्षण गरिएको छ भने ११५ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ५६ लाख ६ हजार २१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड १८ लाख ६९ हजार ९७४ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ७४ लाख ७५ हजार ९९५ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु