१४ बैशाख २०८१, शुक्रबार

देशभर एकैदिन ३०७५ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३०३६ जनामा पिसिआर परिक्षण र एन्टीजेन परिक्षण गर्दा ३०७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७८ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं जिल्लामा ११२८ जना, ललितपुर जिल्लामा २३६ जना र भक्तपुर जिल्लामा १३४ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु