१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाको कोरोना परीक्षणको पिसिआर रिपोर्ट के आयो ?


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उहाँको कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेल हाल होम आइसोलेसनमा बसेको र दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु