१४ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार हिजो शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

केही दिनदेखि असहजता महसुस भएपछि उनको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएपनि आफ्नै निजी निवासमा आराम गरिरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले बताएको छ ।

डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ । यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं । डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरउँदछौं । धन्यबाद !!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !