१९ बैशाख २०८१, बुधबार

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको छ । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !