२६ बैशाख २०८१, बुधबार

देशभर आज ५४० जनामा कोरोना पुष्टि, २७१ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२०९ जनामा पिसिआर परिक्षण गर्दा ४७८ जना र ४८९० जनामा एन्टीजेन परिक्षण गर्दा ६२ जना गरी ५४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १३ हजार ४४७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६०२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २२१ जना, ललितपुर जिल्लामा ५९ जना र भक्तपुर जिल्लामा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४९ लाख १ हजार ७४२ पिसिआर परीक्षण भएको छ भने ८ लाख ४४ हजार ३९४ एन्टीजेन परीक्षण गरिएको छ भने ११३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ४७ लाख ३७ हजार ४३३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ९ लाख ४ हजार ८५१ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ५६ लाख ४२ हजार २९२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !