२४ बैशाख २०८१, सोमबार

देशभर थप २८० जनामा कोरोना पुष्टि, ३०० जना भए निको


नेपालमा कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कुल ११ हजार ९९४ जनामा परीक्षण गर्दा २८० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ५६३५ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये ११८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !