२३ बैशाख २०८१, आइतबार

देशभर थप ५३३ जनामा कोरोना पुष्टि, ४८४ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४९१८ जनामा पिसिआर परिक्षण गर्दा ४४३ जना र १८१८ जनामा एन्टीजेन परिक्षण गर्दा ९० जना गरी ५३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९६ हजार ३०६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४५४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ११८ जना, ललितपुर जिल्लामा ३८ जना र भक्तपुर जिल्लामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ६९ हजार १३८ पिसिआर परीक्षण भएको छ भने ६ लाख ८३ हजार ८७५ एन्टीजेन परीक्षण गरिएको छ भने ११० जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ६१२ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख ४७ हजार ७१२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७४ लाख ६८ हजार ९१४ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !