२४ बैशाख २०८१, सोमबार

देशभर थप ११५७ जनामा कोरोना संक्रमण, १११३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६५२ जनामा पिसिआर परिक्षण गर्दा ८९२ जना र ३८८९ जनामा एन्टीजेन परिक्षण गर्दा २६५ जना गरी ११५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६४ हजार ८४७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १११२३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २६५ जना, ललितपुर जिल्लामा ४२ जना र भक्तपुर जिल्लामा २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४१ लाख ९६ हजार ८२७ पिसिआर परीक्षण भएको छ भने ५ लाख ७४ हजार ६२५ एन्टीजेन परीक्षण गरिएको छ भने २४४ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १६ हजार ८७८ जना होम आइसोलेसनमा र १३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ७२ लाख १४ हजार ७४२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६२ लाख ३८ हजार १ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !