२४ बैशाख २०८१, सोमबार

देशभर थप ८३४ जनामा कोरोना संक्रमण, १२७९ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५८९ जनामा पिसिआर परिक्षण गर्दा ७३० जना र ५१४७ जनामा एन्टीजेन परिक्षण गर्दा १०४ जना गरी ८३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२७९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६१ हजार १५४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११०९६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २३२ जना, ललितपुर जिल्लामा २४ जना र भक्तपुर जिल्लामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४१ लाख ६२ हजार ४२२ पिसिआर परीक्षण भएको छ भने ५ लाख ६१ हजार १५४ एन्टीजेन परीक्षण गरिएको छ भने २३० जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा र १३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३६८ जना आईसीयूमा र १२० जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ६६ लाख ९ हजार २३३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !