१९ बैशाख २०८१, बुधबार

देशभर कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु


कोरोना मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट २० जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणवाट १०७७० जनाको मृत्यु भईसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०६१२ जनामा पिसिआर परिक्षण गर्दा १६४८ जना र ४३२३ जनामा एन्टीजेन परिक्षण गर्दा ४०४ जना गरी २०५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १९ हजार ३३६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४७१ जना, ललितपुर जिल्लामा १०२ जना र भक्तपुर जिल्लामा १४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप २०५२ जनामा कोरोना पुष्टि, ३०३० जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !