१९ बैशाख २०८१, बुधबार

देशभर थप २०५२ जनामा कोरोना पुष्टि, ३०३० जना संक्रमणमुक्त


कोरोना संक्रमण र संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६१२ जनामा पिसिआर परिक्षण गर्दा १६४८ जना र ४३२३ जनामा एन्टीजेन परिक्षण गर्दा ४०४ जना गरी २०५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १९ हजार ३३६ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०७७० जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४७१ जना, ललितपुर जिल्लामा १०२ जना र भक्तपुर जिल्लामा १४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख २५ हजार ७५८ पिसिआर परीक्षण भएको छ भने ४ लाख ७३ हजार २६८ एन्टीजेन परीक्षण गरिएको छ भने ३११ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३४ हजार १८९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३१ हजार ८१२ जना होम आइसोलेसनमा र २३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४३ जना आईसीयूमा र १७० जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !