२४ बैशाख २०८१, सोमबार

नेपालमा आज २,५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९९०९ जनामा पिसिआर परिक्षण गर्दा २०२० जना र ४९०१ जनामा एन्टीजेन परिक्षण गर्दा ५०५ जना गरी २५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०८६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २ हजार १८३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०५६८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५१८ जना, ललितपुर जिल्लामा ११९ जना र भक्तपुर जिल्लामा ५२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ४९ हजार ३०४ पिसिआर परीक्षण भएको छ भने ४ लाख ४० हजार ७८ एन्टीजेन परीक्षण गरिएको छ भने ३९५ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा र ३१०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना आईसीयूमा र १७० जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४९ लाख ३४ हजार ७३२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३८ लाख ५७ हजार ५९८ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !