२३ बैशाख २०८१, आइतबार

एकैदिन देशभर कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु


नेपाल कोरोना मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट ४४ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणवाट १०६१२ जनाको मृत्यु भईसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९७११ जनामा पिसिआर परिक्षण गर्दा १८६२ जना र ५५७९ जनामा एन्टीजेन परिक्षण गर्दा ६२० जना गरी २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७८१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३ हजार ९६४ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !