२१ बैशाख २०८१, शुक्रबार

देशभर थप ३२१८ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८८६६ जनामा पिसिआर परिक्षण गर्दा २२३१ जना र ४७०७ जनामा एन्टीजेन परिक्षण गर्दा ९८७ जना गरी ३२१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६८ हजार ६७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७२२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६७ हजार २७० जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १००३८ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५९३ जना, ललितपुर जिल्लामा १८९ जना र भक्तपुर जिल्लामा १२८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ७४ हजार ७०१ पिसिआर परीक्षण भएको छ भने ३ लाख ५४ हजार २५० एन्टीजेन परीक्षण गरिएको छ भने ४४३ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा र ३४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७४६ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !