२० बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १० हजार नाघ्यो


नेपाल कोरोना मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुने संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १००१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ९४९३ जनामा पिसिआर परिक्षण गर्दा २४३० जना र ६१८२ जनामा एन्टीजेन परिक्षण गर्दा १२९९ जना गरी ३७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । हाल नेपाल सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको छ ।

कोरोनाको संक्रमणबाट नेपालमा पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण भएकामध्ये मृत्यु हुने दर १.४१ प्रतिशत रहेको छ ।

नेपालमा चीनबाट आएका विद्यार्थीमा पहिलोपटक २०७६ माघ १० गते कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणबाट २०७८ साल जेठ ५ गते बुधबार नेपालमा एकैदिन सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

देशभर थप ३७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !