१४ बैशाख २०८१, शुक्रबार

नेपालमा डेल्टा भेरियन्टको उत्परिवर्तन भएको थप ३ वटा नमुना फेला


स्वास्थ्य मन्त्रालय

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टको उत्परिवर्तन भएको थप ३ वटा नमुना फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा बढी संक्रामक मानिएको कोभिड-१९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको जानकारी दिएको हो ।

मन्त्रालयले २०७८ साल जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४७ नमुनाहरु विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित आइजिआइबीमा सिक्वेन्सिङका लागि असार ३० गते पठाएको थियो ।

उक्त नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको छ जसलाई यसलाई AY.1 नाम दिइएको छ ।

यो सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा (B.1.1.7) र डेल्टा भेरियन्ट (B.1.617.2) तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा ( B.1.617.1 ) भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएका छन् ।

संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गराउन र सम्भावित तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सवै नागरिकलाई अनुरोध गरेको छ ।

नेपालमा डेल्टा भेरियन्टको उत्परिवर्तन भएको थप ३ वटा नमुना फेला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु