१४ बैशाख २०८१, शुक्रबार

देशभर थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९१२२ जनामा पिसिआर परिक्षण गर्दा १८५५ जना र ३७०७ जनामा एन्टीजेन परिक्षण गर्दा ८५९ जना गरी २७१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ७४ हजार ७२६ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५२ हजार ४४३ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२८८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ३७ हजार ६९० जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९६६१ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५३६ जना, ललितपुर जिल्लामा १३० जना र भक्तपुर जिल्लामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३५ लाख ४ हजार १९१ पिसिआर परीक्षण भएको छ भने २ लाख ७८ हजार ५६९ एन्टीजेन परीक्षण गरिएको छ भने २९१ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा र २७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६३५ जना आईसीयूमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु