५ जेष्ठ २०८१, शनिबार

देशभर थप २९३६ जनामा कोरोना पुष्टि, १७७५ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९६१३ जनामा पिसिआर परिक्षण गर्दा २००६ जना र ४५६९ जनामा एन्टीजेन परिक्षण गर्दा ९३० जना गरी २९३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४७ हजार ७९७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख २८ हजार २४३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९५०६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख ५६ हजार १९९ पिसिआर परीक्षण भएको छ भने २ लाख ५६ हजार ६२३ एन्टीजेन परीक्षण गरिएको छ भने ३२१ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइसोलेसनमा र २५५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५७८ जना आईसीयूमा र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !