२२ बैशाख २०८१, शनिबार

देशभर थप २१६९ जनामा कोरोना पुष्टि, १४३२ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५३० जनामा पिसिआर परिक्षण गर्दा १३५३ जना र ३८८७ जनामा एन्टीजेन परिक्षण गर्दा ८१६ जना गरी २१६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४३ हजार ४५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४३२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९३६२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख ९ हजार ९४० पिसिआर परीक्षण भएको छ भने २ लाख ३१ हजार ९४ एन्टीजेन परीक्षण गरिएको छ भने ३०८ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २९५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४३ जना आईसीयूमा र १५५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !