१९ बैशाख २०८१, बुधबार

आजदेखि ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाइँदै


भेरोसेल कोरोना खोप

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले असार १२ गते सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका ३ लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने जानकारी दिएका थिए ।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएकालाई समेत दोस्रो मात्राको खोप दिइने छ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म ७ लाख ३१ हजार ६५३ जनाले दोस्रो र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !