१४ बैशाख २०८१, शुक्रबार

देशभर थप ४५२२ जनामा कोरोना पुष्टि, ४९५४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परिक्षण गर्दा ३७०३ जना र ४७०९ जनामा एन्टीजेन परिक्षण गर्दा ८१९ जना गरी ४५२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार ४७० जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८८१३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख ८८ हजार ५३ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५२ हजार ६४८ जना रहेको छ भने ४२५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ४९ हजार ४२५ जना होम आइसोलेसनमा र ३२२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७६१ जना आईसीयूमा र २१८ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !